images
images
  • मेयरको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

    रौतहट- रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा (एसइई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

    मौलापुर नगरपालिकाको लक्ष्मी नियाँ माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका साह मेयरका ज्वाइँ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images