images
images
  • ललितपुर मेयर कपको उपाधि एपीएफलाई, लगातार तेस्रो पटक जित्यो

    काठमाडौं- ललितपुर मेयर कप महिला टी-२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि एपीएफ क्लबले ह्याट्रिक गरेको छ ।

    तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

    ब्याटर सीता र इन्दुको १३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १५४ रन बनाएको थियो ।

    यो प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै धेरै १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो ।

    कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । पहिलो ओभरदेखि नै चोटका कारण असहज महशुस गरेकी उनी १३.२ ओभरमा विनु बुढामगरको बलमा बोल्ड हुनुअघि ४१ बल खेलेर ४ चौका प्रहार गरेकी थिइन् ।

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images