images
images
  • नुहाउन गएकी किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा इन्जिनियर पक्राउ


    रोल्पा। धारामा नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल रहेका छन् ।

    शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीमाथि हातपात गरी जवरजस्ती गर्न खोजेको भन्दै पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नवराज सुवेदीका अनुसार पीडित पक्षको उजुरीका आधारमा उनलाई जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

    किशोरीले नुहाइरहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए । त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images