images
images
  • सन्दीप विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई हुदै

    काठमाडौं-  सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ हुने भएको छ । मुद्दाको सुनुवाइका लागि आज (मंगलबार) पेशी तोकिएका छ ।

    यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो ।

    जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ ।

    यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेशमा उल्लेख छ ।

    यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images