२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

विश्वकप फुटबल २०२२ को छनौटमा ब्राजिलको लगातार पाँचौँ जित

विश्वकप फुटबल २०२२ को छनौटमा ब्राजिलको लगातार पाँचौँ जित


काठमाडौ । कतार विश्वकप फुटबल २०२२ को दक्षिण अमेरिकी छनौट अन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा ब्राजिल वियजी भएको छ।

इक्वेडरसँगको खेलमा ब्राजिलले संघर्षपूर्ण जित निकालेको हो। पोर्टोमा भएको खेलमा इक्वेडरमाथि २–० को जित दर्ता गर्ने क्रममा ब्राजिलका लागि रिचार्लिशन र नेइमारले गोल गरे।

६५ औँ मिनेटमा रिचार्लिशनको गोलबाट अग्रता लिएको ब्राजिलका लागि इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरेका हुन्।

ब्राजिलले अहिलेसम्म छनौट चरणका सबै खेलमा जित दर्ता गरेको छ। लगातार पाँच खेलमा जित निकालेको ब्राजिल १५ अंकसहित शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n