images
images
  • धनुषामा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु , एकजना घाइते

    धनुषा- धनुषामा एकापसमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।

    शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।

    ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ ।

    मृतकको अझै पहिचान खुल्न सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images