images
images
  • प्रतितोलामा ८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौ- नेपाली बजरमा सुनको मूल्य आज (शुक्रबार) फेरि बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायीका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।

    योसँगै आज छापावाल सुन १ लाख ९ हजार ८ सय र तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

    अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख ९ हजार र १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै आज चाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। चाँदी आज पनि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images