images
images
  • एसईई परीक्षाको तयारी पूरा

    काठमाडौं- परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले आगामी चैत १७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को लागि तयारी पूरा भएको जनाएको छ ।

    यसवर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

    परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्‍नपत्र पु¥याइसकिएको छ । यो वर्ष ५ लाख १६ हजार ५९५ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    हरेक जिल्लाको जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ ।

    सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेश भित्रको परीक्षालाई स्वच्छ, मर्यादित, व्यवस्थित ढंगबाट समन्वय गर्ने काम गर्नेछ ।

    सबै शिक्षा विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाई र पालिकासँग समन्वय गरेर परीक्षाको मर्यादालाई कायम राख्न पहल गर्न अनुरोध गरिसकेको कार्यालयले जनाएको छ ।

    गत वर्ष एसईई परीक्षाको लागि ५ लाख १४ हजार ९५५ ले रजिष्ट्रेशन भरेका थिए जसमध्‍ये ४ लाख ९५ हजार ७५१ जनाले परीक्षा दिएका थिए ।

    यो वर्ष पनि रजिष्ट्रेसन फारम भर्ने संख्याभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या कम हुने परीक्षा नियन्त्रक श्रेष्ठको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्

    images