images
images
  • चुनाव अनुकूल हुने देख्दैछु ,जित्नेमा आसावादीछुु: अष्टलक्ष्मी शाक्य

    काठमाडौं- उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा आफूले जित्ने दावी गरेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने बताएकी हुन् ।

    संसद भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने बताएकी हुन्

    नेकपा एमालेबाट उपराष्ट्रपति उम्मेदवार शाक्यले पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने संविधानको भावना भएपनि त्यसतर्फ केहि दलहरूको ध्यान नगएको बताइन् । । उनले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।’

    शाक्यले भनिन्,‘उपराष्ट्रपतिमा म जित्नेमा आसावादी छु । राष्ट्रपतिमा अनुकूल भएन, बरु उपराष्ट्रपति निर्वाचन अनुकूल हुने देख्छु म ।’

    निर्वाचनमा शाक्यसहित जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहाय यादव उम्मेदवार छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images