images
images
  • दबाबबीच भीम सार्कीको महत्वपुर्ण अर्धशतक

    काठमाडौं- यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धसतक पूरा गरेका छन्। भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका हुन्।

    यसअघि ओपनर कुशल भुर्तेल अर्धसतक पूरा गरेर आउट भएका थिए। यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ विकेट गुमाएको छ।

    २६ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ।

    नेपालले १७ औं ओभरमा तेस्रो विकेट गुमाएको थियो। १७ औं ओभरको तेस्रो बलमा कुसल क्याचआउट भएका हुन्।

    ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै उनले नेपालको इनिङ उकासेका थिए।

    कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। अहिले भीम र आरिफ शेख क्रिजमा छन्। आरिफले रन बनाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images