images
images
  • यूएईविरुद्ध कुसल भुर्तेलको अर्धशतक

    काठमाडौं- आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत यूएईविरुद्ध को खेलमा नेपालका कुसल भुर्तेलले अर्धसतक पुरा गरेका छन ।

    उनले ३२ बलमा ३ चौक्का ४ छक्कासंगै अर्धसतक पुरा गरेका हुन ।  उनको यो पाँचौं एकदिवसीय अर्धशतक हो ।

    जितको ३११ रनको विशाल विजयी लक्ष्य सहित मैदान गएको नेपालले पहिलो दुई ओभरमै २ विकेट गुमाएको थियो ।

    पछि तेश्रो ओभर कप्तान रोहित पौडेललाई गुमाए पनि कुसल भिम सार्की टोलीलाई लयमा फर्काएका छन ।

    भिम सार्की २४ रन बनाएर खेलिरहेको छन । नेपालले पहिलो विकेट पहिलो ओभरको तेश्रो वलमा , दोश्रो विकेट १ ओभर ३ बलमा तथा तेश्रो विकेट ६ ओभर ५ बलमा गुमाएको हो ।
    नेपाल पहिलो विकेट झर्दा १ , दोश्रो विकेट झर्दा ६ रन तथा तेश्रो विकेट झर्दा ३७ रनको स्थीतीमा रहेको थियो ।

    ताजास्थीतीमा नेपालले १५ ओभर ३बलमा ३ विकेट गुमाएर ९८ रन बनाएर खेलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images