images
images
  • यूएईले गुमायो चौथो विकेट

    काठमाडौं- आईसीसी लिग २ अन्तरगत युएईविरुद्ध पहिले फिल्डिङ गरिरहेको नेपालले लगातार सफलता हात पारेको छ।

    यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो। आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।

    खानलाई दीपेन्द्रको बलमा गुल्सन झाले क्याचआउट गरे। ऐरीकै बलमा २३ औं ओभरमा यूएईले तेस्रो विकेट गुमाएको थियो।

    २३ औं ओभरको अन्तिम बलमा चुन्डाङ्गापोयील रिजवान रन आउट भएका थिए। ७ रन बनाएका रिजवानलाई आसिफले रनआउट गराए।

    यस्तै सन्दीप लामिछानेले असिम र ललित राजवंशीले आरयन लाक्रालाई आउट गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images