images
images
  • ललितको विकेटमा नेपाललाई पहिलो सफलता

    काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध फिल्डिङ थालेको नेपालका लागि ललित राजवंशीले पहिलो विकेट लिएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मुहम्मद वासिमले ब्याटिङ रोजेका थिए। नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका हुन्।

    नेपाली टिममा एक परिवर्तन भएको छ। नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले करण केसीको स्थानमा गुल्शन झालाई मौका दिएका छन्।

    आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा पक्का गरिसकेको छ।लगिि

    प्रतिक्रिया दिनुहोस्
    images
    images