images
images
  • लि-२: विश्वकप छनोटमा पुग्न युएईसँग निर्णायक खेल खेल्दै नेपाल

    काठमाडौं- विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ। यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल विजय भए एक दिवसीय क्रिकेटको विशवकप छनोट खेल्न पाउने छ।

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहान ९ बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ।

    घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यसअघि नेपालले यूएईलाई दुई पटक पराजित गरिसकेको छ।

    यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२।५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो। नेपाल पुनः यूएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा हुनेछ।

    गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।

    सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो।

    घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा यूएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।

    लिग २ मा दोस्रो पटक यूएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनः युएईसँग भिडन लागेको हो।

    खाजको खेलमा विजयी भए यूएईलेसमेत एक दिवसीय मान्यता जोगाउने छ। एक दिवसीय मान्यता जोगाइ सकेको नेपालले विश्व कप छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नै पर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images