images
images
  • पीएनजीमाथि नेपाललाई चौथो सफलता

    काठमाडौ- आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी –पीएनजी) विरुद्ध सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले २१ ओभर सकिँदा४ विकेट गुमाएर ७७ रन बनाएको छ।

    स्पिनर सन्दीप लामिछानेले असद भालालाई २० औँ ओभरको पहिलो बलमा ललित राजवंशीमार्फत क्याच आउट गराए। भाला २० रन बनाएको अवस्थामा आउट भए।

    त्यसअघि सन्दीपले नै सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।

    अर्का ओपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए।

    अहिले क्रिजमा चाल्र्स अमिनी १६ र रिल्ले हेकुरे ४ रनमा नटआउट छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images