काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा जितसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। युएईबिरुद्ध १ सय ७७ रनको कीर्तिमानी जित निकालेको हो।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा २२.५ ओभरमा सवै विकेट गुमाएर युएईले जम्मा ७१ रन बनाएको हो।
पछिल्लो तीन हप्तामा भएका १० खेलमा ९ वटा खेल जित्दै एकदिवसीय मान्यता जोगाएको हो। नेपालले ३४ खेलबाट ३६ अंक जोड्दै नेपाल चौथो नम्बरमा उक्लिएको छ।
नेपाल भन्दा अघि तेस्रो नम्बरमा ३९ अंकसहित नामिबिया रहेको छ। स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन्। आगामी दुवै खेल जितेमा नेपाल ४० अंकसहित टप थ्रीमा रहँदै सिधै विश्वकप छनोट खेल्न पाउनेछ।
युएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि सबैभन्दा धेरै ललित राजवंशीले पाँच विकेट लिए। उनले ७.५ ओभर बलिङ गर्ने क्रममा जम्मा २० रन खर्चिए।
सन्दिप लामिछानेले चार ओभरमा १४ रन दिएर दुई विकेट लिए। यसैगरी सोमपाल कामी एक, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एकएक विकेट लिए।


विश्व खबर 


















