images
images
  • रञ्जिता श्रेष्ठको उमेर नपुगेपछि जनमतकी ममता उपराष्ट्रपति उम्मेदवार बन्ने पक्का

    काठमाडौं- जनमत पार्टीले ममता झा उपराष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । जनमत पाटीको आज बसेको बैठकले झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ।

    नागरिक उन्मूक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको थियो। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको उपराष्ट्रपतिमा उमेर नपुगेपछि जनमतले ममता झालाई राष्ट्रपति बनाउने निर्णय गरेको हो।

    शुक्रबार दिउँसो बसेको केन्द्रिय कार्यकारीणी समितिको बैठकले झालाई उपराष्ट्रपति उम्मेदवारी बनाउने निर्णय गरेको पार्टीका केन्द्रिय सदस्य वीपी साहले बताए।

    राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग या समुदायको हुनुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सकेसम्म फरक समुदायको महिलालाई उपराष्ट्रपति चयन गर्ने केही दलहरुले संकेत दिइसकेका छन् । नेकपा माओवादी केन्द्रले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने सुझाव दिएको छ ।

    यही अवधारणालाई मध्यनजर गरेर जनमत पार्टीले जनमत पार्टीकी सप्तरी जिल्ला इञ्चार्जसमेत रहेकी ५३ वर्षीय ममतालाई अघि सारेको हो ।

    यसअघि सत्ता गठबन्धनले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपनि गठबन्धनभित्रकै अन्य दलहरुले पनि अहिले उपराष्ट्रपतिमा दाबी गरिरहेका छन्।

    उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images