images
images
  • कांग्रेस-एमाले सहकार्य २०८४ अघि सम्भव छैन: गगन थापा

    काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन् ।

    बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

    यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images