काठमाडौं- आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ।
खको शतकीय इनिङप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा ब्याटिङ गरेको नेपालले ४९.१ ओभर खेल्दै २९७ रन बनाएको हो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आशिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।लगिि
यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।
पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओ एक विकेट लिए।


विश्व खबर 


















