images
images
  • राष्ट्रपति निर्वाचनमा मतदान नगर्नेे नेमकिपाको निर्णय (विज्ञप्तिसहित)

    कठमाडौं- राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेककिपा)ले मतदान नगर्ने भएको छ ।

    पार्टी कार्यालय भक्तपुरमा बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

    पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने र तटस्थ बस्ने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको नेककिपाले जनाएको छ ।

    पार्टीबाट एक जना प्रतिनिधिसभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।nemakipa

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images