images
images
  • सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसद्मा दर्ता गरिँदै

    कठमाडौं- सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।

    आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो।

    द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ।

    माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निर्णय गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images