काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले ८० जनामाथि कारबाहीको सिफारिस सहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।
समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनासँग बयान लिएको थियो । कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् ।
छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।
रभौगोलिक विशेष प्रदेश समितिका सदस्य बयान लिएको थियो । शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ ।






















