images
images
  • नायब उपरीक्षक दीप्ति अमेरिकाको एफबीआईको नेसनल एकाडेमीका लागि छनोट

    छनोट हुने पहिलो महिला प्रहरी अधिकारी

    काठमाडौं- नेपाल प्रहरीकी नायब उपरीक्षक (डिएसपी) दीप्ति कार्की अमेरिकाको फेडलर ब्यूरो अफ इन्भेस्टिगेसनको नेसनल एकाडेमीका लागि छनोट भएकी छन् ।

    नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारी हुन् । अमेरिकी दूतावासले दिएको जानकारी अनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन् ।

    त्यहाँ उनले विश्वभरका कानुन प्रवर्तन अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने मौका पाउने दूतावासको भनाई छ ।

    नेपालले पहिलोपटक महिला नेतृत्वलाई यसका लागि मनोनयन गरेको थियो । कार्कीले यो अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

    नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले पनि कार्कीलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images