images
images
  • स्ववियु चुनावका लागि त्रिविमा नेविसंघका दुई समूह दर्ता

    काठमाडौं- ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका हुन् ।

    स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images