images
images
  • आर्थिक अनियमितता पुष्टि भएपछि सेनाका उपरथी शाही बर्खास्त

    काठमाडौं- नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त भएका छन् । आर्थिक अनियमितता गरेको आरोपमा उनलाई सैनिक अदालतले बर्खास्त गरेको हो ।

    अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो ।

    सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
    कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो ।

    यो मुद्दामा जोडिएका थप दुई सैनिक अधिकृतहरू प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरेको सैनिक मुख्यालयले जनाएको छ ।

    नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उनीहरु सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images