images
images
  • लिग २: यूएईविरुद्ध कुशल मल्लकोे अर्धसतक

    काठमाडौं- आईसीसी लिग २ अन्तरगत यूएईविरुद्ध कुशल मल्लले अर्धसतक प्रहार गरेका छन्।

    खराब सुरुवात गरेको नेपाललाई सम्हाल्ने क्रममा कुशलले ४२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडेका हुन्।

    १६ ओभरको खेल सकिँदा नेपालले ५ विकेटको क्षतिमा रन बनाएको छ। तीन ब्याटर शून्यमै आउट हुँदा नेपाललाई सामान्य लक्ष्य पूरा गर्नै दबाब परेको हो।

    ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र आरिफ शेख शून्य रनमा आउट भए। कुशल भुर्तेत ५ रनमा आउट हुँदा आशिफ शेख १७ रनमा पेबेलियन फर्किए।

    अहिले कुशलसँग दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्। १६ औं ओभरको खेल चलिरहँदा नेपालले ५ विकेटको क्षतिमा ८४ रन बनाएको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको युएईले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २०७ रन जोडेको थियो। युएईका आसिफ खान र रोहन मुस्तफाले अर्धसतक पूरा गरे।

    युएईलाई सामान्य लक्ष्यमा सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।

    आजको खेल जिते नेपालको विश्वप छनौट खेल्ने सम्भावना कायम रहनेछ । हार्यो भने बाँकी सबै खेल जित्नै पर्ने दबाब हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images