यूएई- आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ ।
खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे
अज्मानस्थित इडेन गार्डेन ओभलमा जारी खेलको ४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले एक सय ९१ रनको योगफल तयार गर्यो।
नेपालका लागि ८४ बलको सामना गरेका कप्तान देवले तीन चौका र एक छक्कासहित ५१ रनको इनिङ खेले। यस्तै, उत्तम रङ्गु थापा मगरले ३६,विशाल विक्रम केसीले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
यूएईका लागि ध्रुव पराशरले सर्वाधिक तीन तथा आयान अफ्जल खान र हरित हरिस सेट्टीले दुई–दुई विकेट लिए। यस्तै, हर्सित सेठ र अमार बदामीले एक–एक विकेट लिए।
नेपालले आजको खेलमा जित निकाल्न सके अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।


विश्व खबर 


















