images
images
  • राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा इटालियन भिन्सेन्जो नियुक्त

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाइ नियुक्त भएका छन् ।

    बुधबार एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    यसअघि नेपाली टिमका प्रशिक्षक रहेका कुवेतका अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएपछि यो पद खाली रहेको थियो ।

    त्यसपछि भएका दुई मैत्रीपूर्ण खेलमा भने छोटो समयका लागि प्रदीप हुमागाईं र प्रवेश कटुवालले राष्ट्रिय टिम सम्हालेका थिए । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुनेछन् ।

    एन्फाले मुख्य प्रशिक्षक पदका लागि आवेदन माग गर्दा भिन्सेन्जोले मात्र भौतिक रूपमा उपस्थित भएर अन्तर्वार्ता दिने प्रक्रिया पूरा गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images