कठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको छ।
सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो।
सन्दीपलाई आज राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानले बताएको छ ।आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ।
क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो। अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ। कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन।
नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि युएई भ्रमणमा छ।नेपालले बिहिबार घरेलु टोली युएईसँग खेल्ने तालिका छ।
नेपालको यो लिग २ अन्तर्गत अन्तिम विदेश भ्रमण हो। यो सिरिजपछि नेपालले घरेलु मैदानमा नै त्रिकोणात्मक सिरिज खेल्दै लिग २ को यात्रा सकाउनेछ।


विश्व खबर 


















