काठमाडौं- अब इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या आएमा क्षतिपूर्ति पाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको गुणस्तर नभएमा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने भएको हो ।
प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ पारित गर्दै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको हो ।
तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधाबापत सेवा प्रदायकबाट क्षतिपूर्ति माग दाबी गर्न सक्नेछन् । विनियमावली अनुसार इन्टरनेट डाउनलोड वा अपलोड हुनेदर ८० प्रतिशतभन्दा बढी हुनुपर्नेछ ।
यस्तै फोरजीको प्रयोगकर्ताको डाउनलोड १५ एमबीपीएस, अपलोड ७.५ एमबीपीएस, थ्रिजी प्रयोगकर्ताको डाउनलोड ३ एमबीपीएस र अपलोड १।५ एमबीपीएस हुनुपर्नछ ।
प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गरेसँगै यसअघिको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७३ खारेज भएको जनाएको छ ।
विनियमावलीको ११ नम्बर बुँदामा क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।
तर, सेवा प्रदायकको काबु बाहिरको परिस्थितिमा यस उपविनियम ९१० बमोजिमको प्रावधान लागू हुनेछैन । विनियमावली २०८० वैशाख १ गतेदेखि लागू हुनेछ ।
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/02/ntc-2079.pdf






















