images
images
  • एमालेले छाडेका आठ सहित प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालय

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँधमा नेकपा एमालेले छाडेका थप आठ वटा मन्त्रालयको भार परेको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका आठ मन्त्रालयको जिम्मा प्रधानमन्त्री दाहालको काँधमा आएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् ।

    एमालेले अर्थ, कृषि तथा पुशपंक्षी, उद्योग वाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो ।

    यसअघि राप्रपा र राप्रपा समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ मन्त्रालय छन् । आगामी फागुन २५ गते हुने नयाँ राष्ट्रपति निर्वाचनको विषयमा कुरा नमिलेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

    नयाँ आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ भने एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ ।

    mantralaye

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images