images
images
  • यू-१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    यूएई- आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।

    आकाश त्रिपाठीको अविजित अर्धशतकप्रेरित नेपालले आईसीसी यू १९ विश्वकप एसिया रिजन छनोटमा हङकङलाई ९ विकेटले पराजित गरेको छ। यूएईमा जारी छनोटको तेस्रो खेलमा पनि नेपालले शानदार जित निकालेको हो।

    पार्थ भागवतको ३६ प्रेरित हङकङले यूएईको एज्मानस्थित मालेक क्रिकेट मैदानमा ४६.३ ओभरमा सबै विकेट गुमाएर एक सय २० रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा एक सय २१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ७२ बलमा पाँचा चौका र चार छक्कासहित ६४ रनको शानदार इनिङ खेले।

    अर्का ओपनर अर्जुन कुमाल १२ बलमा तीन चौकासहित १६ रन बनाएर पेभेलियन फर्किँदा उत्तम रंगु थापाले ५० बलमा चार चौकासहित ३९ रन जोडेर अविजित रहे।

    हङकङका लागि ड्यानियल मोर्गान म्यापले एक विकेट लिँदा अन्य बलर असफल रहे। पहिलो इनिङमा हङकङका लागि पार्थले ९३ बलमा चार चौकासहित सर्वाधिक ३६ रनको योगदान गरे। यस्तै, मोहम्मद अलियान जाहिरले ६७ बलमा तीन चौकासहित २९ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

    नेपालका लागि हेमन्त धामीले ९ ओभरमा १९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै,आकाश चन्द र सुवाष भण्डारीले दुई–दुई विकेट लिए। यस्तै,दीपेक कँडेलले एक विकेट लिए।

    नेपालले शनिबार भएको खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो। यस्तै,त्यसअघि फेब्रुअरी २४ मा भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images