images
images
  • त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै सातदोबाटो फाइनलमा

    काठमाडौं- त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै सातदोबाटो युवा क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर आज भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो ।

    आइतबार पूरा नभएको खेलको दोस्रो हाफ आज खेलाइएको हो ।

    आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १/१ गोल रोकेपछि ४–४ बराबरी भएको थियो ।

    सातौं पेनाल्टी प्रहार गर्न आएका त्रिभुवन आर्मी क्लबका सुदिल राईको बल अभिषेक बरालले बचाउ गर्दै सातदोबाटो युथ क्लबलाई फाइनल प्रवेश गराएका हुन् ।

    सातदोबाटोले उपाधिका लागि आयोजक केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीचको खेल आज सोमबार दिउँसो ३ बजे एन्फा कम्लेक्स सातदोबाटोमा नै हुने छ । फाइनल खेल फागुन १७ मा दशरथ रंगशालामा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images