काठमाडौ- सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । आइतबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिइएको हो ।
अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।
आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ। तर सन्दीप पक्षको बहस नसकिएपछि सोमबार पनि सुनुवाई हुने भएको हो।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ।
सन्दीपको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन्।
सोमबार सरोजकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ र रोशनी घिमिरेले बहस गर्ने तयारी छ।
नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।


विश्व खबर 


















