काठमाडौ- काठमाडौं उपत्यकामा उपत्यकामा पाँच महिनापछि पहिलो हिउँदे वर्षा भएको छ । मौसक विभागका अनुुसार पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको हो ।
यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन। यसअघि असोज २८ गते मात्र उपत्यकामा पानी परेको थियो । आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो।
जल तथा मौसम विज्ञान विभागका गत असोज २८ पछि मनसुन बाहिरिएपछि वर्षा भएको थिएन । कार्ति, मंसिर, पुस र माघ महिनाको लामो सुख्यापछि वर्षा भएको हो ।यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ ।
नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय हुन समय लागेका कारण यसपटक ढिलो गरी हिउँदे वर्षा भएको हो । पोहोर परार पुस–माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको विभागले जनाएको छ ।
शहरी क्षेत्रमा एक्कासी पानी पर्दा पैदलयात्री र साइकल तथा मोटरसाइकल चालक समस्यामा परेका छन् । छाता तथा रेनकोट नभएका कारण उनीहरु रुझ्दै गन्तव्यतर्फ गएका छन् । ग्रामीण क्षेत्रमा खेती लगाउने तयारी गरेका किसानलाई पानी परेपछि जमिन खनजोत गर्न सहज हुनेछ ।




विश्व खबर 


















