images
images
  • सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ १५औँ नम्बरमा

    काठमाडौ- आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ ।

    नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

    उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

    उक्त निवेदनमाथि सुनुवाइ गर्न शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । खतिवडाको इजलासको १५औँ नम्बरमा सन्दीपको निवेदनमाथि सुनुवाइ हुनेछ ।

    लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।

    Capture.JPG 44

    प्रतिक्रिया दिनुहोस्
    images
    images