images
images
  • सत्ता जोखिममा एमाले, अब के गर्लान् ओली ?

    काठमाडौं- चुनावी गठबन्धनमा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कांग्रेसले भाग दिन नचाहँदा एमालेको हातमा अप्रत्यासित रुपमै सत्ता आइपुग्यो ।

    एमाले अध्यक्ष केपी ओलीले एक्लिन थालेको माओवादीसहितका दललाई समेटेर सरकार गठन गर्न भूमिका त खेले । तर, ओली प्रचण्डमा देखिएको शक्ति संघर्षका कारण अन्ततः फेरि एमालेले सत्ताबाट धेरै कुरा गुमाउने देखिन्छ ।

    आफू अनुकुलको गठबन्धन बनाएका ओली र एमालेलाई प्रचण्डको पुरानो गठबन्धनप्रतिको लगावका कारण कतै अप्रत्यासित रुपमा सत्ताबाट बाहिरिनु त पर्दैन ? प्रश्न थप पेचिलो बनेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा विभाजन भयो । पार्टी विभाजन भएपछि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस लगाएतका दलहरुको सहकार्यमा ५ दलीय गठबन्धन बन्यो ।

    संसद विघटनलाई नै कारण देखाएर एमाले पनि फुट्यो र माधव नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी गठन भयो । सबै ठुल दलहरु एकातिर देखिए ।

    जसकारण सवैभन्दा ठुलो दल भएर पनि एमालेले सबै थोक गुमायो र प्रतिपक्षको भुमिकामा खुम्चिन बाध्य भयो । कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलहरुले उक्त गठबन्धन १५ बर्ष सम्म जाने दाबि गर्न थाले । तर, पुस १० गतेपछि परिस्थिति बदलियो ।

    सबै गुमाएको एमाले प्रचण्डलाई प्रधानमन्त्री स्विकार गरेर सत्ता र शक्तिमा फर्कियो । माओवादीलाई प्रधानमन्त्री दिएर सबै संवैधानिक पदहरु आफुले लिने एमालेको दाउ थियो ।गठबन्धन निर्माणको २ महिना नपुग्दै पुनः राजनीतिक परिस्थिति फेरिने संकेत देखा पर्न थालेको छ । राष्ट्रपति निर्वाचनको बिषयलाई लिएर सत्ता गठबन्धन भत्किने दिशातर्फ उन्मुख छ । जुन कुरालाई एमाले अध्यक्ष केपी ओलीको यो भनाइले पनि पुष्टि गर्छ ।

    प्रधानमन्त्री कै लागि कांग्रेससंगको सहकार्य तोडेर एमालेसंग हात मिलाएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचन सम्म आइपुग्दा फेरी पुरानै गठबन्धन व्यँताउने पक्षमा देखिएका छन् ।
    जसले फेरी एमाले राजनीतिक रुपमा एक्लो हुने त देखिन्छ नै । यदी वर्तमान गठबन्धन फुटे एमालेले प्रतिनिधिसभाको सभामुख बाहेक अन्य सबै पदहरु गुमाउने छ । जसले एमालेलाई राजनीतिक रुपमा ठूलो घाटा व्यहोर्नु पर्ने हुन्छ ।

    राष्ट्रपति कसलाई बनाउने ? बल प्रधानमन्त्री प्रचण्डको कोर्टमा पुगेको छ । पछिल्लो समय प्रचण्डको हिमचिम ५ दलीय गठबन्धनमा आवद्ध दलसंग बढ्न थालेको छ ।यसकारण पनि वर्तमान गठबन्धन फुट्ने सम्भावना बढ्दो क्रममा छ । यस्तो परिदृश्यका कारण एमाले राजनीतिक रुपमा पाखा लाग्ने स्थिति बन्न थालेको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले यस बिषयमा कुनै खास निर्णय भने गरिसकेको अवस्था छैन् ।राष्ट्रपति निर्वाचनमा माओवादीको समर्थन नपाए एमालेले सरकार छाड्न सक्छ ।

    तर, सरकार छाड्नु अघि ओलीले राजनीतिक हिसाव त गर्लान नै । राजनीति नयाँ कोर्समा गए एमालेले व्यहोर्नुपर्ने क्षतिको बारेमा ओली सचेत देखिन्छन् ।

    त्यसैले उनी सकभर प्रचण्डलाई नैतिक कसिमा बाँध्न चाहन्छन् । यता, प्रधानमन्त्री प्रचण्ड एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग नगर्नेमा अडिग छन् । यस्तोमा अध्यक्ष ओलीले राष्ट्रपति जीत साँधेर सबै पद गुमाउँछन् या वैकल्पिक बाटो खोज्छन् त्यो भने हेर्न बाँकी नै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images