काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले ‘आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई’ सिरिज खेल्न युएई जाने नेपाली टिमको घोषणा गरेको छ।
क्यानले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने बिना नै १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
आईसीसी विश्वकप क्रिकेट लिग–टूअन्तर्गत नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट समर्थकहरूले सन्दीपलाई युएई लैजान दबाब दिएका थिए। क्यानले पनि त्यसको पहल गरे पनि अन्तिम समयमा त्यो हुन नसकेको बताइएको छ।

नाबालिक बलात्कार मुद्दा खेपिरहेका सन्दीप २० लाख धरौटी तिरेर रिहाइ भएका थिए। अदालतले विदेश जान नपाउनेगरी फैसला सुनाएको थियो।
क्यानले रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम(मौसम) ढकाललाई टिममा समेटेको छ। प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा आबद्ध भएका छन्।
बलात्कार आरोप लागेका स्पिनर लामिछाने भने विदेश जान नपाउने भएका छन् । त्यसैले उनी टोलीमा छैनन् ।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी


विश्व खबर 


















