काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।
भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अझै टुंगो छैन ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्षमा नपुगेको बताए । ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं’ उनले भने ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयबाट निस्कने क्रममा राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने जिज्ञासामा उनले आकांक्षी धेरै भएको जवाफ दिए ।
‘आकांक्षा राख्नेहरू धेरै छन् त्यसकारण हामी सहमतिमा पुग्न सकेका छैनौँ तर, सहमतिको प्रयास भने भइरहेको छ,’ उनले भने,‘साँझ ४ बजे बैठक बस्दै छौँ । त्यसपछि टुङ्गो हुन्छ ।’
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन हुँदैछ । त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।
यसअघि बुधबार साँझ प्रधानमन्त्री दाहालको सरकारी निवासमा काँग्रेस, नेकपा (एस) र माओवादीका शीर्ष नेताहरूको बैठकले पुरानै पाँच दलिय गठबन्धन ब्यूताउँने निर्णय गरेको थियो ।
उक्त भेटघाटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भूसाल सहभागी






















