images
images
  • राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहमति गर्न देउवालाई लोसपा नेताहरुको प्रस्ताव

    काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउन नेपाली कांग्रेसका नेताहरुलाई प्रस्ताव गरेका छन् ।

    लोसपाका नेताहरु बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासको निवास पुगेका थिए । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै काँग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले बताए जानकारी दिए ।

    भेटमा आफूहरुले कांग्रेस र एमालेले एकअर्कालाई स्वीकार नगर्ने अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव राखेको लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले बताए । उनले भने, ‘महन्थ ठाकुरजी, जसले लामो समय कांग्रेसमा काम गर्नुभयो । कांग्रेसप्रति सकारात्मक नै हुनुहुन्छ ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै छ ।

    निर्वाचनको मिति नजिकिँदै गएकाले दलहरू राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने प्रयासमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images