images
images
  • नेपालले लगातार ३ विकेट गुमायो

    काठमाडौं- आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले ३ विकेट गुमाएको छ।

    स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरमा ३ विकेट गुमाइ सकेको छ।

    नेपालले ओपनर कुशल भुर्तेल, आशिफ शेख र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ। कुशल १ रनमा मार्क वाटको बलमा एलबीडब्लु धरापमा पर्दै आउट भए।  आशिफ १२ रनमा म्याक मुलरको बलमा कोट्जरको हातबाट क्याच आउट भए।

    अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए। कप्तान रोहित पौडेल क्रिजमा छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६।१ ओभरमा २ सय १२ रनमा अलआउट भयो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images