काठमाडौं- मोरङमा एक युवतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीन जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द राम, कटहरी गाउँपालिका–५ का उमेश सरदार हुन् । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको प्रहरीले बताएको छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
आइतबार दिउँसो १२ बजेतिर प्रियंकाको शव बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्























