images
images
  • जसपाको बटमलाइन: राष्ट्रपतिमा राष्ट्रिय सहमति, उपराष्ट्रपतिमा दाबी नछाड्ने

    काठमाडौं- सातदलीय सत्तागठबन्धनमा रहे पनि सरकारबाहिरै बसेको जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुनुपर्ने बटमलाइन लिएको छ । जसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने र उपराष्ट्रपतिमा भने पार्टीले दाबी छाड्न नहुने विषयमा छलफल भएको हो ।

    ‘राष्ट्रपतिको उम्मेदवार त्यस्तो पात्र हुनुप¥यो जसले संविधान बचाउन सक्ने संरक्षकको भूमिका निर्वाह गर्न सक्छ भन्ने जसपाको बटमलाइन छ,’ जसपाका नेता एवं सांसद राजकिशोर यादवले भने, ‘सोमबार फेरि १२ बजेपछि बैठक बस्ने कुरा छ । त्यसअघि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटघाट गर्ने र राष्ट्रपति, उपराष्ट्रपतिबारे आधिकारिक निर्णय गर्ने तयारी छ ।’ बैठककै निर्णयअनुसार आइतबार साँझ यादवले प्रधानमन्त्री र नेपालसँग बालुवाटारमा छलफल गरेका छन् ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष यादवले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिँदै सबै नेताको राय मागेका थिए । ‘अहिले सत्ता साझेदार दलमा राष्ट्रपति पदलाई लिएर माओवादी र एमालेबीच खिचातानी छ । यही वेला जनताको निराशालाई कारण देखाउँदै अहिलेको व्यवस्थालाई धरापमा पार्न चलखेल गर्ने शक्तिहरू उत्तिकै सक्रिय छन् । यस्तो अवस्थामा कसरी अघि बढ्न सकिन्छ रु’ अध्यक्ष यादवले बैठकको सुरुवातमै राय–सुझाव मागेका थिए ।

    अधिकांशको मत प्रधानमन्त्री प्रचण्डकै लाइनमा ‘राष्ट्रिय सहमति’ नै उपयुक्त विकल्प रहेको भन्ने थियो । सत्ता साझेदार दलभित्र यतिखेर दुईवटा मत छ, एउटा पुस १० गते भएको सत्तागठबन्धनभित्रको सहमतिअनुसार एमालेलाई राष्ट्रपति दिनुपर्ने, अर्को राष्ट्रिय सहमति खोज्नुपर्ने । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमति कार्यान्वयन गर्दै एमालेलाई राष्ट्रपति दिनुपर्ने पक्षमा छन् भने जसपा र जनमत पार्टी प्रचण्डकै लाइनमा राष्ट्रिय सहमतिको पक्षमा छन् । त्यस्तै, जसपाको बैठकमा राष्ट्रपतिसँगै उपराष्ट्रपतिको विषयमा समेत चर्चा भएको छ ।

    समावेशिता र शक्ति बाँडफाँटमा सन्तुलन ल्याउन पनि जसपाले उपराष्ट्रपति पाउनुपर्ने विषयमा छलफल भएको नेता राजकिशोरले जानकारी दिए । ‘समावेशी चित्रका लागि पनि उपराष्ट्रपतिमा जसपाको दाबी हो । बाँकी अन्य शीर्षस्थ नेताहरूसँगको भेटघाटपछि सोमबारको बैठकले निर्णय गर्ला,’ उनले दोहो¥याए । जसपाले सत्तागठबन्धनभित्र उपराष्ट्रपति, केन्द्रमा तीन मन्त्रालय र मधेस प्रदेशमा मुख्यमन्त्री दाबी गरेको थियो । त्यसमध्ये मुख्यमन्त्रीको माग सम्बोधन भए पनि केन्द्रमा मागेअनुसार चित्तबुझ्दो मन्त्रालय नपाएपछि सरकारमा सहभागी छैन ।

    जसपा अध्यक्ष यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा नेताहरूसँग सुझाव मागेका छन् । स्रोतका अनुसार दलहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने भन्दै आइतबारको बैठक स्थगित गरेर उनी प्रचण्ड र नेपालसँगको छलफलका लागि बालुवाटार गएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images