images
images
  • आज २०७९ फागुन ५ गते शुक्रबार, थाहा पाउनुहोस् तपाइको राशिफल

    काठमाडौं- हाम्रो पात्रो: आज २५ गते शुक्रबार ।१७ फेब्रुअरी २०२३। फाल्गुण कृष्णपक्ष एकादशी तिथि। मूल नक्षत्र। चन्द्रराशि– धनु।

    हेर्नुहोस् तपाइको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images