images
images
  • अनेरास्ववियु निर्वाचन: उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

    काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । यसका लागि निर्वाचन कमिटीले बिहीबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन प्रकाशन गरेको छ ।

    १७ पदाधिकारीमा मात्रै एक सय जना हाराहारीमा उम्मेदवारी परेको छ ।

    अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

    अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ ।

    जसमा चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा उत्रेका छन् ।

    यसैगरी महासचिवमा नरेश रोकाया, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

    १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवारी दिएका छन् ।

    उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा अधिकांश मधेश र प्रदेशहरूतर्फ महिला सदस्य छन् । १९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएका छन् ।

    हेर्नुहोस् नामावली :

    1 4

    2 2

    3 1

    4 1

    5

    6

    8

    9

    10

    11 1

    12

    13

    14

    8

    15

    17

    18

    19

    20

    21

    22

    23

    24

    25

    प्रतिक्रिया दिनुहोस्
    images
    images