images
images
  • नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

    काठमाडौं- माइकल भान लिगेनको शतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ८५ रनको योगफल तयार ग¥यो।

    नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका लिगेनले एक सय ३६ मा ९ चौका र पाँच छक्कासहित एक सय ३३ रन बनाएर पेभेलियन फर्के। यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए।

    कुशल मल्लले गरेको ३७औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेबाट क्याच हुनुअघि इरास्मसले ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६ रन बनाएका थिए।

    त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलात्कारको अभियोगमा करिब ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए। उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए।

    बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए।

    यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिए। गत महिना नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा यो पहिलो खेल हो। नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्ने छ। यस्तै, शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images