काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध आफ्नो दोस्रो बलमै विकेट लिएका छन् । सन्दीपले विश्वकप क्रिकेट लिग २ अन्तरर्गत आजदेखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नामिबियाविरुद्ध पहिलो पटक टिममा स्थान बनाए।
बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई सन्दीपले १३ रनमा बोल्ड आउट गरे ।
चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिएका थिए । विकेटलिएपछि सन्दीप भावुक बनेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा तीन मात्रै रन खर्चिए ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १२ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिबियाका माइकल भान लिगेन २५ र जेरार्ड इरास्मस एक रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे । त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । १३ बल खेल्दै उनले एक चौका प्रहार गरेका थिए ।
नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार र एक खेलमा वर्षाको कारण रद्ध छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ।नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा दुबै खेलमा नामिबिया नेपालसँग पराजित भएको थियो ।
नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।
शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नामिबिया नेपाल भ्रमणमा शीर्ष तीन औपचारिक रुपमा पक्का गर्ने लक्ष्यमा हुनेछ ।


विश्व खबर 


















