काठमाडौं- नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ। हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि कुटपिट गरेको थियो।
अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै संघले दोषीमाथि कारबाही गर्न माग गरेको हो। आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघको चेतावनी छ।
ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्। डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उनको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ।

यसरी भएका थियो घटना
हिजो (शुक्रबार) संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।
साइकलमा आउजाउ गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि उनीमाथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
के भएको थियो ? डा सिंहको शब्दमा:
आज अप्रेसन थियो । त्यो सकाएर करिब साढे ४– पौने ५ बजेतिर साइकल चढेर बाहिर निस्किएँ । बाटो बन्द थियो । सवारी हुन लागेको जस्तो देखियो । फुटपाथबाट साइकल डोहो¥याउँदै लगें, चढेको पनि थिइन् । वीर अस्पतालअघिको आकाशे पुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि म फुटपाथमै अडिएर बसें ।
एक जना प्रहरी जवान आएर अघि जानुस् भन्नुभयो । मैले साँघुरो ठाउँबाट साइकल छिर्र्दैन, यहीँ बस्छु, म यही अस्पतालको स्टाफ हुँ भनें । हैन अघि लैजानै पर्छ भनें । मैले साँघुरो छ भनेर मानिनँ ।
त्यसो भए पार्किङमा लैजानुस् भने । मैले पार्किङ त दुई तला मुनि छ (घर) जान लागेको मान्छे कहाँ पार्किङमा जानु भनें । मैले आईडी (परिचयपत्र) देखाएँ । लैजानुस् भनिरहे ।
मैले तल त लैजान्नँ भनेपछि पुलिस एक्कसी झर्किए र एकदमै आवेगमा आए, कठालो समातियो र हान्न थाल्यो ।
देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो । टाउकोमा नै हानेपछि मरुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन ।
उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो । भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यिक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो । त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यसपछि प्रहरी जवान भाग्यो ।
राष्ट्रपतिको सवारी भनेर टाउकोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउकोमै प्रहार गरेपछि सिध्याउने नै हो कि जस्तो डर भयो ।
आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो । साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्रकोटोकल नै हो ।
मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । उसले जानेर ग¥यो कि नजानेर ग¥यो, थाहा भएन । प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने ? कस्तो व्यवहार गर्ने ? केही परे पनि कहाँ हान्नेरकहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुप¥यो नि १ अनुशासन र बोली व्यवहार सिकाउने हो भने त यस्तो हुँदैन थियो ।
त्यति सानो कुरामा टाउकोमै हान्दियो । म त अच्चम्मित नै छु । म माथि दुब्र्यवहार भयो भनेर विरोध गर्नेहरुमाथि पनि कुटपिट गर्ने र बन्दुक नै तेर्साउने काम भए’छ ।


विश्व खबर 


















