काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले युट्युबरसँग आफूमाथि जथाभावी बोल्ने डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । एक युट्युबमा खनालले करिश्मालाई रवि लामिछानेसँग जोडेर तथानाम बोलेपछि त्यसविरुद्ध करिश्मा साइबर ब्युरोमा पुगेर उजुरी दिएकी हुन् ।विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिए । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।
आफूमाथि निराधार र जथाभावी लाञ्छना लगाइए असह्य हुने बताउँदै उजुरी हालेको अभिनेत्री करिश्माले भनेकी छन् । उनले खनालसँगै त्यस्तो अन्तर्वार्ता लिने युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने बताएकी छन् ।
‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?’ लेख्दै करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकी छन् ।
अभिनेत्री करिश्माले आफ्नो फेसबुकमा लेखेकी छन् :
उहाँ को हो ?
यो अत्ति भयो ।
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।
हेरु नेपाल को कानुन कत्तिको बलियो छ ।
एचझ मबष् भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हिन्दु हु ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यती हु ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।






















