images
images
  • टर्की भूकम्पमा नेपाली सुरक्षित छन्: एनआरएनए

    काठमाडौं- टर्कीमा सोमबार गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी गराएको छ ।

    टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७।८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।

    भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ । ती मध्ये केही नेपाली सम्पर्कमा समेत आइसकेका छन् । सम्पर्कमा आएका नेपालीले अहिलेसम्म कुनै पनि नेपाली भूकम्पमा नपरेको र सबै जना सुरक्षित रहेको जानकारी गराएका थिए ।

    थप विवरण भने संकलन भइरहेको एनआरएनएले उल्लेख गरेको छ । टर्कीमा कुनै नेपाली भूकम्पका कारण समस्यामा परेको भए सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images